Published On: Fri, Mar 16th, 2012

एसपी खरेल भन्दा पनि कडा छु- एसपी जोशी

राज सापकोटा । मकवानपुर, चैत ३ । मकवानपुरका एसपी पूर्ण जोशीले देशव्यापी रुपमा चर्चामा आएका पार्सामा कार्यरत एस.पी रमेश खरेल भन्दा पनि आफू कडा र सक्रिय रहेको बताएका छन् । लागूऔषध कारोबारको अभियोगमा पक्राउ परेका अभियुक्तलाई शुक्रबार सार्वजनिक गर्ने क्रममा उनले अपराध नियन्त्रण गर्न आफू कटिवद्ध रहेको बताउँदै सो बताएका हुन् ।

प्रहरीकै सहयोगमा प्रहरीको कस्टडीबाट जिल्ला प्रहरी कार्यालय मकवानपुर बाट फरार भएको भारत मोतिहारीका अर्जुन साहलाई पुनः पक्राउ गरी सार्वजनिक गरिएको हो । गत मङ्सिर १७ गते लागुऔषध सहित पक्राउ परेका साहसहित अन्य छ जना माघ ६ गते फरार भएका थिए । फरारपछि मकवानपुरका प्रहरी प्रमुख श्याम खड्का बिभागीय कारवाहीमा परेका छन् भने अन्य दुई दर्जान भन्दा बढि प्रहरीको स्थानान्तरण गरिएको थियो । फरार रहेका अन्य ६ जनाको खोजीकार्य जारी रहेको मकवानपुर प्रहरीले जनाएको छ ।

मकवानपुर देशकै लागुऔषधको लागि ट्रान्जिट प्वाईन्टको रुपमा विकसित हुदै गइरहेको अवस्थामा दिनहुँजसो पर्साको बाटो हुँदै ४, ५ जनालाई प्रहरीले लागुऔषध सहित लागुऔषध कारोबारीहरु प्रहरी फन्दामा पर्दै आएको जनाइएको छ ।

 

Published On 430 days ago
advertisement

Leave a comment

XHTML: You can use these html tags: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

advertisement advertisement advertisement advertisement advertisement advertisement advertisement advertisement advertisement