वाइसिएललाई राहत दिन तीन सदस्यीय कार्यदल गठन
काठमाडौं, चैत ३ । एकीकृत नेकपा माओवादीले जनमुक्ति सेनाबाट वाइसिएलमा आएका जनसेनाहरुको छानविन गरी राहत उपलब्ध गराउनका लागि तीन सदस्यीय कार्यदल गठन गरेको छ । शुक्रबार दिउँसो माओवादी केन्द्रीय कार्यालय पेरिस डाँडामा जनमुक्ति सेनाका डिभिजन कमाण्डरहरु र माओवादी नेतृत्वबीच भएको छलफलपछि सो कार्यदल गठा गरिएको हो ।
कार्यदलमा जनमुक्ति सेनाका प्रवक्ता चन्द्रप्रकाश खनाल ‘बलदेब’, वाइसिएल अध्यक्ष गणेशमान पुन र उमा भुजेल रहेका माओवादी नेता नेत्र विक्रम चन्द ‘विप्लव’ले जानकारी दिएका छन् । कार्यादलले वाइसिएलमा रहेका जनमुक्ति सेनाको विवरण तयार पार्ने बताउँदै उनले भने– ‘कार्यदलले वाइसिएलमा जनसेना को–को, कति–कति छन्, त्यसको विवरण तयार पारी तत्काल राहत उपलब्ध गराउन काम अगाडि बढाउनेछ ।’
यसअघि जनार्दन शर्मा ‘प्रभाकर’, नेत्र विक्रम चन्द ‘विप्लव’ रहेको कार्यदलले दिएको सुझावको आधारमा वाइसिएलमा रहेका जनसेनालाई डेढदेखि दुई लाखसम्म राहत दिने जनाएको छ ।























