कोठरीभित्र बनाईएको संविधान सिधै अस्विकार- खनाल
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले अँध्यारो कोठरीभित्र बनाईएको संविधान नेपाली जनताले सिधै अस्विकार गर्ने बताएका छन् । मंगलबार खनालले सोलुखुम्बुबासीसँग टेलिफोनमा कुरा गर्दै कुनै संस्था वा व्यक्तिले दिएको रेडिमेड संविधान नेपाली जनतालाई मान्य नहुने भन्दै सो बतनाएका हुन् ।
अध्यक्ष खनालले शान्ति प्रक्रिया टुङ्गिएको एक हप्ताभित्रै संविधानका विवादित बिषयहरुमा सहमति जुट्ने बिश्वास व्यक्त गर्दै सोलुखुब्वुवासीलाई सार्वभौम संविधानसभाले प्रक्रिया पूरा गरेर ल्याएको संविधान नै नेपाली जनताको संविधान हुने स्पष्ट पारे । चैत्र मसान्तभित्र शान्ति प्रक्रियाको आधारभुत कार्य सेना समायोजन टुङ्गिए समयमै संविधान आउने खनालको विश्वास छ । जातीय आधारमा प्रदेशहरु निर्माण गर्ने कुरा पहिचानका पाँच आधारहरुमध्ये एउटा आधार भएको बताउँदै खनालले सबै जातजाती, भाषा, धर्ममा विश्वास गर्ने जनताको अधिकार सुनिष्चित हुनेगरी प्रदेशहरु निर्माण गर्नुपर्नेमा जोड दिए ।
























CNsmQq xzhrjvakyqcy, [url=http://ofaocoszvqlg.com/]ofaocoszvqlg[/url], [link=http://phqfgewrlrxb.com/]phqfgewrlrxb[/link], http://zxybojpvxbfv.com/