Published On: Sat, Apr 14th, 2012

कमोडिटी बजार अध्ययन समितिले प्रतिवेदन बुझाउने

काठमाडौं, बैशाख २ । नेपालमा कमोडिटी बजारको आवश्यकता छ कि छैन भनेर अध्ययन गर्न गठित समितिले केही दिनभित्रै प्रतिवेदन बुझाउने भएको छ । नेपाल धितोपत्र बोर्डले गठन गरेको अध्ययन समितिले आफ्नो अध्ययन अन्तिमचरणमा पु¥याएको बताइएको छ ।

नेपालमा कमोडिटी बजारको आवश्यकता छ कि छैन, त्यसले के–के विधि र प्रक्रिया अबलम्बन गर्नुपर्दछ, यसले अन्तर्राष्ट्रिय मूल्य–मान्यतालाई के–कति अवलम्बन गर्नुपर्दछ भन्नेजस्ता विषयमा अध्ययन गरिएको अध्ययन समूहका सदस्य प्रकाशचन्द्र सापकोटाले जानकारी दिए । विभिन्न धातु, खाद्यान्न ऊर्जालगायतका विषय कमोडिटी बजारअन्तर्गत खरिद–बिक्री गरिने प्रचलन विदेशतिर रहेको छ । नेपालमा कमोडिटी बजारको अवधारणा नयाँ भए पनि हालसम्म ६ वटा यस्ता कम्पनीले कारोबार सुरु गरिसकेका छन् । यसमा मर्कन्टाइल कमोडिटी मार्केट, नेपाल डेरिभेटिभ एक्सचेन्ज लिमिटेड, कमोडेटी मेटल एक्सचेन्ज लिमिटेड नेपाल, वेल्थ एक्सचेन्ज, कमोडिटी फ्यूचर र नेपाल इर्फोट एक्सचेन्ज लिमिटेड रहेका छन् ।

अध्यक्ष टोलीका अर्का सदस्य अमृत खरेलका अनुसार कम्पनी रजिष्ट्रारको कार्यालयमा कमोडिटी मार्केटको काम गर्ने भनेर दर्ता हुन खोज्ने कम्पनीको सङ्ख्या ५२ वटा रहेका छन् । अध्ययन समूहले कमोडिटी बजार सञ्चालन गर्न खोज्नेले पालन गर्नुपर्ने नियम, गल्ती गरे त्यस्ता कम्पनीलाई कारबाही गर्ने विधि तथा त्यस्ता कम्पनीले प्रयोग गर्ने सफ्टवेयरलगायतको विषयमा पनि प्रतिवेदन दिने भएको छ ।
 

Published On 405 days ago
advertisement

Leave a comment

XHTML: You can use these html tags: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

advertisement advertisement advertisement advertisement advertisement advertisement advertisement advertisement advertisement