नेत्री सुकी बेलायत र नर्वे भ्रमणमा जाने
म्यानमार, बैशाख ६ । म्यानमारका प्रजातन्त्रवादी नेत्री आङ सान सुकी २४ वर्ष पछाडि बेलायत र नर्वेको भ्रमणमा जाने भएको उनको पार्टीले बुधबार जनाएको छ ।
गत अप्रिल १ का दिन संसदको लागि भएको निर्वाचन विजय प्राप्त गरेकी नोेवेल पुरस्कार विजयता नेत्री सुकीले मध्य जुनमा सो दुई देशको भ्रमणमा जाने पार्टी प्रवक्ताले जनाएको छ । त्यस सात दिने सुकीको भ्रमणको क्रम उनी अन्य देशका भ्रमणमा पनि जानुहुने अनुमान गरिएको पनि प्रवक्ता थप बताएका छन् । सुकीको यो बेलायत भ्रमण १९८८ पछिको पहिलो भ्रमण हो ।























