ब्राह्मण समाजको वीरगन्जमा प्रदर्शन
पर्सा, बैशाख १६ । नेपाल ब्राह्मण समाज, पर्साले नयाँ संविधानमा आफूहरुको अधिकार सुनिश्चित हुनुपर्ने मागसहित आज वीरगन्जमा प्रदर्शन गरेको छ । आदिबासीमा सूचीकृत गर्नुपर्ने, जातीय आधारमा राज्यको पुनःसंरचना गर्न नहुने, सबै समावेशी प्रक्रिया खारेज गर्नुपर्ने मुख्य माग गर्दै समाजले प्रदर्शन गरेको हो ।
मोटरसाइकल ¥यालीसहितको प्रर्दशनको नेतृत्व समाजका उपाध्यक्ष देवनाथ उपाध्यायले गरेका थिए । आन्दोलनका पूर्वघोषित कार्यक्रमअनुसार प्रर्दशन गरिएको उनको भनाइ छ । मागको सुनुवाइ नभए दोस्रो चरणमा कडा आन्दोलन गर्ने चेतावनी पनि उनले दिएका छन् । जिल्ला विकास समिति अगाडिबाट सुरु भएको प्रदर्शनले नगर परिक्रमा गरेको थियो ।























