माओवादीको राज्य प्रदेशको अवधारणाप्रति जनमोर्चाको विरोध
काठमाडडौं, बैशाख १६ । एकीकृत नेकपा माओवादीले राज्य पुनःसंरचनाबारे ल्याएको १० राज्य प्रदेशको अवधारणाप्रति जनमोर्चा नेपालले असहमति जनाएको छ । बहुराष्ट्रवाद, जातीय राज्य, आत्मनिर्णयको अधिकार जस्ता कुराले सार्वभौमिक अखण्डतामा विखण्डन ल्याउने र साम्प्रदायिक सद्भाव बिथोलिने जनमोर्चाले बताएको छ ।
जनमोर्चाले आज प्रकाशन गरेको विज्ञप्तिमा राज्यको पुनःसंरचना गर्दा दुवै छिमेकीसँग समान पहुँच हुनेगरी हिमाल, पहाड, तराई मिसिएको र सबैखाले विविधता समेटिने गरी पुनःसंरचना उपयुक्त हुने सुझाव दिएको छ ।























