अन्योल अन्त्य नभए विग्रह आउँछः: थापा
काठमाडौं, जेठ २४ । राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सुर्य बहादुर थापाले राजनीतिक अन्योल तत्काल अन्त्य नभए देशमा नयाँ विग्रह आउने बताएका छन् । अहिलेको संकटको समाधान दलीय सहमति भएको भन्दै उनले सहमति हुन नसके आउने विग्रहबारे अनुमान गर्नै नसकिने बताए ।
आफ्नै निवास मालीगाउँमा आयोजित पत्रकार सम्मेलनमा थापाले राजनीतिक सहमतिका लागि सहमतिय सरकार अनिवार्य रहेको बताए । वर्तमान सरकारको विकल्पमा सहमतिमा सरकार बने नयाँ संविधानसभाबाट संविधान बन्ने निश्चत रहेको थापाको भनाई छ । उनले संविधानसभा विघटन हुनुमा माओवादीको सत्ता कब्जाको रणनीति रहेको दाबी पनि त्यस अवसरमा गरे ।























