Published On: Wed, Jun 20th, 2012

उद्योग बन्द भएपछि ८० मजदुरको रोजगारी गुम्यो

कञ्चनपुर, असार ६ । कञ्चनपुरको सुडा गाविसको सुन्दरपुरमा रहेको बैजनाथ कत्था उद्योग बन्द भएपछि उद्योगमा कार्यरत ८० मजदुर बेरोजगार भएका छन् । सात वर्षअघि स्थापित यस उद्योगका मालिक भारतीय नागरिक विशाल जैनको तीन वर्षअघि अपहरण भई हत्या भएपछि उद्योग बन्द भएको हो ।
 
सुरक्षाको कारण देखाउँदै जैन परिवार घरमूलीको हत्यापछि यहाँबाट विस्थापित भएको र उद्योग बन्द भएको उद्योगका मजदुर रामसिं बर्माले बताए । कत्था उद्योगले खयरको काठबाट कत्था उत्पादन गरी भारतको कानपुर, बरेली र दिल्लीसम्म निर्यात गर्दै आएको थियो । खयरको काठको कमी हुँदै जानु र उद्योग सञ्चालकको हत्यानै भएपछि तीन वर्षदेखि उद्योग बन्द गरिएको सात वर्षदेखि उद्योगमा चौकीदारको कार्य गर्दै आएका हिरानन्द भट्टले बताए ।

उद्योग बन्दपछि यहाँ कार्यरत मजदुरहरूले रिक्सा चलाउने र ज्यालादारीमा निर्माण मजदुरका रुपमा कार्य गर्ने गरेका छन् । बन्द उद्योगले विद्युत् महसुल नबुझाएका कारण गत वर्ष विद्युतको लाइन समेत काटिएको छ । अहिले उद्योगका भौतिक सम्पत्ति सुरक्षाका लागि दुई चौकीदार मात्रै कार्यरत रहेका छन् । उक्त उद्योग दुई करोड बढीको लागानीमा स्थापना गरिएको थियो ।
 

Published On 335 days ago
advertisement

Leave a comment

XHTML: You can use these html tags: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

advertisement advertisement advertisement advertisement advertisement advertisement advertisement advertisement advertisement