पुरानै चुनौतीका साथ पाकिस्तानी नयाँ प्रधानमन्त्रीमा राजा

पाकिस्तान, असार १० । प्रायः राजनीतिक अस्थिरताको सामना गरिरहने दक्षिण एसियाको एक राष्ट्र पाकिस्तानले हिजोदेखि नयाँ प्रधानमन्त्री पाएको छ । लामो राजनीतिक तनाव एवम् राजनीतिक अस्थिरताकाबीच शनिबारदेखि कार्यारम्भ गरेका प्रधानमन्त्री राजा परवेज आसरफका सामु चुनौती भने पुरानै रहेको चर्चा राजनीतिक वृत्तमा थालिएको छ ।

चिनियाँ समाचार समिति सिन्ह्वा लेख्छ– ‘लामो राजनीतिक अस्थिरताकाबीच हिजोदेखि नयाँ प्रधानमन्त्री त पाएको छ तर उहाँपनि समस्याबाट मुक्त भने छैनन् ।’ उनका सामुका नयाँ चुनौतीहरुमा भ्रष्टाचारको मुद्दामा देशलाई कसरी मुक्त गर्ने तथा विगतमा राष्ट्रपति आसिफ अलि जर्दारीका विरुद्धमा मुद्दा चलाउन अदालतले दिएको आदेशको विवादास्पद अवस्थालाई कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती रहेको छ ।

त्यसैगरी अरु पुरानै चुनौतीहरुमा भ्रष्टाचारको नियन्त्रण, राष्ट्रियरुपमा रहेको ऊर्जा सङ्कटको समाधान, स्वतन्त्र न्यायपालिका र नागरिक सरकारका बीचको समन्वय, समय समयमा बिग्रने संयुक्त राज्य अमेरिकासँगको सम्बन्धमा सन्तुलन रहेका छन् । साथै विगत लामो समयदेखि सरकारका कामकारबाहीलाई समेत प्रभाव पार्नेगरी हुने प्रतिपक्षी दलहरुसँगको सम्बन्ध विस्तार पनि एक प्रमुख चुनौतीका रुपमा रही आएको पनि समाचार विश्लेषण रहेको छ ।
   
गतवर्षको मध्यतिर पाकिस्तानको सर्वाेच्च अदालतले तत्कालनी प्रधानमन्त्री युशुफ राजा गिलानीलाई राष्ट्रपति आसफि अलि जर्दारीविरुद्धको आठवर्ष पुरानो मुद्दालाई पुनः सुरु गर्न आदेश दिएको थियो । तर बहालवाला राष्ट्रपति विरुद्ध आफुले कुनैपनि प्रकारकाको कारबाही गर्न नसक्ने भन्दै प्रधानमन्त्री गिलानीले अदालतको सो आदेशको ठाडै अस्वीकार गरे । अदालतको आदेशको अवज्ञा गरेको भन्दै पाकिस्तानी सर्वाेच्च अदालतले भने प्रधानमन्त्रीलाई मानहानीको मुद्दा लगायो । प्रधानमन्त्री अदालत उपस्थित भए र त्यसका बारेमा आवश्यक बयान आफ्नो पक्षबाट दिए ।

यसबाट पनि सन्तुष्ट नभएको सर्वाेच्च अदालतले भने प्रधानमन्त्री गिलानीलाई मानहानी गरेको भन्दै सांकेतिक रुपको कारबाही सुनाएको थियो । त्यतिले मात्र नभइ अन्ततः गत बिहीबार अदालतले उनलाई प्रधानमन्त्री पदमा रही रहन सक्षम नरहेको आदेश दिएको थियो । त्यसपछि राष्ट्रपति जर्दारीले सुरु गरेको लामो परामर्शपछि आस्रफ नयाँ प्रधानमन्त्रीको उमेदवार भएका हुन् र शनिबारमात्र उनी पाकिस्तानको संसदबाट निर्वाचित पनि भए ।

पाकिस्तान र विदेशी सञ्चारमाध्यमहरुले पनि हिजो नै कार्यारम्भ गरेका नयाँ प्रधानमन्त्री आस्राफका सामु कैयौं चुनौतीहरु रहेको विश्लेषण गरेका छन् । पाकिस्तानको सरकारले सन् २००९ मा एक राष्ट्रिय मेलमिलाप नीति लिई भ्रष्टाचार एवम् अन्य केही भ्रष्टाचारसम्बन्धी मुद्दाहरुमा पनि आममाफी दिने कानुन नै पारित गरेको थियो । सोही कानुनका कारण पाकिस्तानका करिब आठहजार जनाले भ्रष्टाचारको मुद्दामा आममाफी पनि पाएका थिए । तर गतवर्षदेखि भने सर्वाेच्च अदालतले ती सबै मुद्दाहरु उल्टाएर भ्रष्टाचारीमाथि कारबाही चलाउन मिल्नेगरी कानुन बनाउन आदेश गरेको छ ।
   
तर त्यसलाई गिलानी सरकारले पनि मुद्दा उल्टाउन मानेन र अबको नयाँ सरकारलाई पनि सो विषयको काम निकै नै चुनौतीपूर्ण हुने स्पष्ट रुपमा देखिएको छ । सो मुद्दा उल्टाउँदा वर्तमान राष्ट्रपति जर्दारी पनि पर्ने र सो भ्रष्टाचारको मुद्दामा परेका आठहजार जनामध्ये अधिकांश राजनीतिक नेताहरु नै रहेका र तीमध्येका पनि अधिकांश वर्तमान प्रधानमन्त्री आस्रफकै दल पाकिस्तान पिपुल्स पार्टीका रहेका छन् ।

प्रधानमन्त्रीलाई यो काम नै सबैभन्दा बढी चुनौतीपूर्ण हुने अवस्था स्पष्टसँगै देखिएको छ । आगामी हप्ता नै पाकिस्तानको सर्वोच्च अदालतले सो मुद्दाका बारेमा अर्काे सुनुवाइको मिति तोकिसकेकाले पनि नयाँ प्रधानमन्त्रीका सामु थप समस्याहरु देखिनसक्ने विश्लेषकहरुको भनाइ छ ।
 

Published On 665 days ago
advertisement

Leave a comment

XHTML: You can use these html tags: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

advertisement advertisement advertisement advertisement advertisement advertisement advertisement advertisement advertisement