Published On: Tue, Jun 26th, 2012

विषालु च्याउसम्बन्धी सचेतना अभियान सुरु

चितवन, असार १२ । विषालु च्याउ खाएर गएको साता एकै परिवारका ५ जनाको मृत्यु भएपछि चितवनको कविलासमा विषालु च्याउसम्बन्धी सचेतना अभियान सुरु गरिएको छ । आगामी दिनमा च्याउका कारणबाट अकाल मृत्यु हुन नदिन च्याउको विषयमा सचेतना अभियान थालिएको कविलास  गाविसका सचिव प्रद्युम्नकुमार खड्काले जानकारी दिएका छन् । उनका अनुसार गाविसका सबै वडामा अभियान चलाइनेछ । पहिलो चरणमा एकै परिवारका ५ जनाको ज्यान गएको चौकीडाँडाबाट अभियान सुरु हुँदै छ ।

युरोपियन युनियन र कविलास गाविसको सहयोग र नेपाल चेपाङ संघको आयोजनामा भएको सचेतनामा गोर्खा, धादिङ, मकवानपुर, तनहुँ, लमजुङ र चितवनका अगुवा चेपाङहरु सहभागी छन् । सकेसम्म जंगली च्याउ खाँदै नखाने र खाइहालेमा पनि पहिचान भएको प्रमाणित च्याउमात्र खाने, ठूलो पात भएको, ढुसी आएको च्याउ नखाने भनी प्रचार–प्रसार थालिएको छ ।

विषालु च्याउकै कारण मृत्यु भएका कविलास चौकीडाँडाका चेपाङ परिवारलाई केन्द्रीय चेपाङ संघका तर्फबाट अध्यक्ष जितेन्द्र चेपाङले पाँच हजार रुपैयाँ सहयोग गरेका छन् ।

Published On 331 days ago
advertisement

Leave a comment

XHTML: You can use these html tags: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

advertisement advertisement advertisement advertisement advertisement advertisement advertisement advertisement advertisement