नेपाल एसिसी यु १९ को समूह चरणबाटै बाहिरियो
काठमाडौं, असार १२ । एसिसी यु १९ एसिया कप क्रिकेटबाट नेपाल समूहचरणको खेलबाटै बाहिरिएको छ । समूह चरणको आफ्नो अन्तिम खेलमा भारतसँग ८१ रनले पराजित भएपछि नेपालको दोस्रो चरणमा पुग्ने ढोका पूर्ण रुपमा बन्द भएको हो ।
मलेसियामा जारी प्रतियोगितामा मंगलबार खेलको बीचमा भएको वर्षाका कारण ४७ ओभरमा सिमित गरेको खेलमा १ सय ७३ रनको लक्ष्य पाएको नेपालले २७ दशमलव ३ ओभरमै सबै विकेट गुमाएपछि भारत विजयी भएको हो । खेलमा भारतले नेपाललाई ९१ रनमै समेटेको थियो । खेलमा चार विकेट लिएका भारतका विकास मिश्र म्यान अफ दि म्याच घोषित भए ।
टर हारेर पहिले व्याटिङ गरेको भारतले ४५ दशमलव २ ओभरमा सबै विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो । सो खेलमा नेपालले भारका सामु उत्कृष्ट खेल प्रर्दशन गर्न नसक्दा नेपाल सस्तैमा समेटिएको हो ।
























PdPdTG djtdifpiezke, [url=http://qofdyfdvyrap.com/]qofdyfdvyrap[/url], [link=http://fbuhjmaqwigp.com/]fbuhjmaqwigp[/link], http://bjlotejftspg.com/