त्रिविले दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्छः भट्टराई

काठमाडौं, असार १४ । प्रधानमन्त्री डा बाबुराम भट्टराईले त्रिभुवन विश्वविद्यालयले मुलुकको मागअनुरुप दक्ष जनशक्ति उत्पादन गर्न जोड दिनुपर्ने बताएका छन् । त्रिभुवन विश्व विद्यालयको ५३ औं वार्षिकोत्सवका अवसरका आज कीर्तिपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपतिसमेत रहेका भट्टराईले विश्वविद्यालय बेरोजगारी उत्पादन गर्ने उद्योगका रुपमा विकसित हुँदै गएकोमा चिन्ता प्रकट गरे ।

त्यस अवसरमा उनले प्राविधिक शिक्षालाई जोड दिन आवश्यक पर्ने नीति परिवर्तन गर्न सरकारले सहयोग गर्ने बताए । सर्वाेच्च अदालतको आदेशबाट स्वतः विघटन भएको संविधानसभाले नयाँ संविधान बनाउन नसकेपछि नयाँ चुनावको विकल्प नभएकोले नै सरकारले चुनाव घोषणा गरेको बताए । जहाँबाट सम्बन्ध टुट्यो, त्यहीबाट टुटेको सम्बन्धलाई जोड्न निर्वाचन घोषणा गरिएकोले त्यसलाई आरोप प्रत्यारोपको विषय बनाउनु नहुने उनको भनाइ छ ।
   
कार्यक्रममा शिक्षामन्त्री दीनानाथ शर्माले त्रिविविलाई विश्वकै उत्कृष्ट विश्वविद्यालय बनाउन शिक्षा नीतिमा परिवर्तन गर्ने बताए । डिजिटल युगबाट विश्वविद्यालयलाई हिँडाउनु आवश्यक भएको र त्यसका लागि विश्वविद्यालयले आफूलाई समयानुकूलरुपमा परिवर्तन गर्नु जरुरी रहेको शर्माको भनाइ छ ।

कार्यक्रममा त्रिविविका उपकुलपति प्राडा हीराबहादुर महर्जन, रजिस्ट्रार डा चन्द्रमणि पौडेल र शिक्षाध्यक्ष प्रा गुणनिधि न्यौपानेले त्रिविका गतिविभिबारे चर्चा गरेका थिए ।

Published On 326 days ago
advertisement

Leave a comment

XHTML: You can use these html tags: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

advertisement advertisement advertisement advertisement advertisement advertisement advertisement advertisement advertisement