Published On: Thu, Jul 5th, 2012

पराल र छ्वालीले दुर्घटना बढायो

धादिङ, असार २१ ।  धादिङबेँसी–मलेखु सडक–खण्डमा सुकाइने गरेको पराल र छ्वालीका कारण दुर्घटना बढेको पाइएको छ । हाल त्यस क्षेत्रमा हरेक दिनजसो पाँच दुर्घटना हुने गरेका छन् । अठार किलोमिटरको उक्त खण्डमा स्थानीयबासीले सुकाएको पराल र गहुँको छ्वालीले तथा अन्य गतिविधि सडकमा गर्ने गरिएको हुँदा दुर्घटना हुने गरेको हो । सडकमा सुकाइएको परालमा अल्झेर हरेक दिन मोटरसाइकल दुर्घटना हुने गरेको मोटरसाइकलयात्रीहरुको गुनासो छ ।

सडक ऐनले सडकको प्रयोग सवारी साधन आवतजावत गर्नका लागि गर्ने र सडकलाई अवरोध गर्ने कुनै पनि गतिविधि गर्न नपाइने व्यवस्था गरे पनि स्थानीयबासी त्यसलाई बेवास्ता गरेका कारण दुर्घटना बढेको देखिएको छ । स्थानीयबासीबाट अवरोध आएकाले सडकबाट पराल हटाउन नसकिएको प्रहरी निरीक्षक विनोद घिमिरेको भनाइ छ ।

 

Published On 321 days ago
advertisement

Leave a comment

XHTML: You can use these html tags: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

advertisement advertisement advertisement advertisement advertisement advertisement advertisement advertisement advertisement