झापामा खाजा कार्यक्रमबाट विद्यार्थी तानिए
झापा, असार २१ । सरकारी विद्यालयमा विद्यार्थी कम हुने गुनासो बढिरहेको बेला झापा, दमक–९ को विद्योदय निमाविमा भने यो शैक्षिक सत्रमा गत सालको तुलनामा निधै विद्यार्थी भर्ना भएका छन् । शैक्षिक अभिवृद्धिमा सघाउ पु¥याउन स्थानीय अभिभावकलाई क्रियाशील गराइएपछि गत ७ महिनाको अवधिमा ७० बढी विद्यार्थी थपिएका छन् ।
शैक्षिक अभिवृद्धिका लागि प्रावि तहका विद्यार्थीलाई खाजाको व्यवस्था गर्न थालिएकोले निजी विद्यालय छाडेर सामुदायिक विद्यालय पढ्न आउने विद्यार्थीहरु बढेको संख्या बढेको बताइएको छ । कक्षा एकदेखि कक्षा तीनसम्म सबै विद्यार्थीलाई दैनिक खाजा उपलब्ध गराउँदै आएको विद्यालयले जनाएको छ । उक्त विद्यालयमा हाल २१० विद्यार्थी अध्ययनरत छन् ।
विद्यालय व्यवस्थापन समितिका सल्लाहकारसमेत रहेका निर्माण समितिका अध्यक्ष केन्द्र प्रसाईंका अनुसार विद्यालय सुधार कार्यक्रमअन्र्तगत यो शैक्षिक सत्रदेखि प्रावि तहमा खाजा र उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न कोष बनाउने कार्य पनि थालनी गरिएको छ ।























