हलिउड स्टार सिल्भेस्टर स्टालोन पुत्रको मृत्युबाट स्तब्ध
अमेरिका । हलिउडका ख्यातिप्राप्त कलाकार सिल्भेस्टर स्टालोनले शुक्रबार आफ्नो पुत्रको अकस्मात मृत्युबाट आफू स्तब्ध भएको बताएका छन् । उनको ३६ वर्षीय पुत्र सेजको शरीर अधिक लागुऔषधको प्रयोगका कारण मृत अवस्थामा फेला परेको थियो ।
सेज मुनब्लड स्टालोन सन् १९९० मा ‘रकी ५’ मा पहिलोपटक सिनेमामा देखा परेका थिए भने उनको शव हलिउडस्थित उनकै घरमा उनका घरेलु महिला कर्मचारीले फेला पारेको स्थानीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । ‘रकी’ का प्रमुख पात्र स्टालोन हाल ‘एक्पेन्डेबल्स २’ को प्रवर्धनमा रहेका छन् भने सेजको शरीर फेला परेपछि स्वास्थ्यकर्मीहरूलाई बोलाइएको र उनीहरूले उसको मृत्यु भइसकेको बताएको जानकारी दिइएको छ ।
टीएमजीले सेजले अधिक सङ्ख्यामा लागुऔषधका पिल्स प्रयोग गरेको कारण मृत्यु भएको उल्लेख गरेको छ भने अधिकारीहरूले यो मृत्यु चाहनायुक्त वा दुर्घटनाजन्य थियो भन्ने कुरामा अनुसन्धान भइरहेको बताएका छन् । सेज स्टालोनका कानुनी सल्लाहकार जोर्ज ब्रन्सटाइनले उनी तनावमा नभएको उल्लेख गरेका छन् । सेजले सन् १९९ मा ‘डेलाइटमा’ आफ्ना पितासँग चलचित्र खेलेका थिए । सेजले आफैँ लेखक तथा निर्देशक हुन् र उनले तीनवटा चलचित्र निर्माण गरेका छन् ।























