Published On: Mon, Jul 30th, 2012

नेपालको प्रतिस्पर्धा बुधबारबाट

एजेन्सी/ सुटिङकी खेलाडी स्नेहा राणा बाहिरिएपछि अन्य नेपाली खेलाडीले आगामी बुधबारबाट लन्डन ओलम्पिकमा प्रतिस्पर्धा गर्दैछन् । आगामी अगस्ट १ मा बेलायतको लण्डनमा स्थानिय समयअनुसार बिहान १० बजे पौडीकी श्रेया धितालले प्रतिस्पर्धा गर्नेछिन् । उनले एक सय मिटर फ्रीस्टाइलमा प्रतिस्पर्धा गर्नेछिन् ।

बिहीबार पौडीको ५० मिटर फ्रीस्टाइलमा प्रसिद्धजंग शाहले प्रतिस्पर्धा गर्नेछन् । शाहको खेल बिहान १० बजे हुनेछ । अन्य दुई जना एथलेटिक्स खेलाडीहरूले भने अगस्ट ३ र ४ मा प्रतिस्पर्धा गर्नेछन् । आगामी शुक्रबार एक सय मिटरको इभेन्टमा प्रमिला रिजालले सहभागिता जनाउनेछिन् । अगस्ट ४ मा तिलकराम थारूले दुई सय मिटरको इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् । शुक्रबार र शनिबारको खेल लन्डनको समयअनुसार बिहान दस बजे हुनेछ । खेल सकिएर फुर्सदिलो भएकी सुटिङकी खेलाडी स्नेहा राणा आगामी अगस्ट १३ मा ओलम्पिक समापन भएपछि मात्रै स्वदेश र्फकने पारिवारिक स्रोतले जनाएको छ ।

Published On 295 days ago
advertisement

Leave a comment

XHTML: You can use these html tags: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

advertisement advertisement advertisement advertisement advertisement advertisement advertisement advertisement advertisement