Published On: Sat, Aug 11th, 2012

एसएमजी र ५९ थान गोलीसहित तीन पक्राउ

दाङ, साउन २७ । दाङ तथा यस आसपासका राजमार्गलाई सेल्टर बनाएर विभिन्न आपराधिक क्रियाकलाप सञ्चालन गर्दै आएका भगौडा सशस्त्र प्रहरी बेलबहादुर घर्ती मगर र उनका दुई सहयोगी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङले एसएमजी मेसिनगन र ५९ राउन्ड गोलीसहित कोहलपुर नगरपालिका–५ भरैया बाँकेका २७ वर्षीय घर्तीलाई पक्राउ गरेको हो । बेलबहादुरसँगै तुलसीपुर नगरपालिका–१ निवासी सम्झना भनिने उमा वली र उनका सहकर्मी कोहलपुर नगरपालिका–५ रोहिणीखोला निवासी २० वर्षीय मुन्ना कार्की भनिने जगत केसीलाई साउन २६ गते तुलसीपुरस्थित बसपार्कबाट पक्राउ गरिएको हो ।

प्रहरी निरीक्षक प्रकाश मल्लको नेतृत्वमा गठन गरिएको विशेष अनुसन्धान टोली ‘जङ्गल अपरेशन’ ले सात महिना लामो अनुसन्धानपछि उनीहरुलाई पक्राउ गरेको हो । विसंं. २०६१ सालमा शसस्त्र प्रहरी बलमा भर्ती भई २०६३ सालमा शसस्त्र प्रहरी बलबाट भागेका बेलबहादुरसहित पक्राउ परेको आरइजी जेजे ६६६६ नम्बरको एसएमजी हतियार सशस्त्र प्रहरी कार्यालयको भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी विपिन कर्माचार्यले जानकारी दिए ।

दाङलाई सेल्टर बनाएर यहाँका राजमार्ग आसपासका विभिन्न स्थानमा आपराधिक घटना सञ्चालन गर्दै आएका यी अभियुक्तहरु दाङको पश्चिमक्षेत्रका जङ्गल तथा सल्यानको काँल्चे भन्ने स्थानमा बस्दै आएको प्रहरीले जनाएको छ । यसअघि बेलबहादुर घर्तीले कोहलपुर आइएमइ शाखा लुटेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । बेलबहादुरबाट बरामद गरिएको आरइजी जेजे ६६६६ नम्बरको एसएमजी हतियार शसस्त्र प्रहरीमा जागिर खानेक्रममा विकास थापा भन्ने कृष्ण सलामीले शसस्त्र प्रहरी बागेश्वरी गणको कार्यालयबाट चोरेर लगेको बताइएको छ । हाल पक्राउ परी कारागार चलान भएका सलामी पनि भगौडा शसस्त्र प्रहरी हुन् ।
 

Published On 281 days ago
advertisement

Leave a comment

XHTML: You can use these html tags: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

advertisement advertisement advertisement advertisement advertisement advertisement advertisement advertisement advertisement