Published On: Sun, Aug 12th, 2012

सम्बन्धन माग्दै विद्यार्थी आन्दोलनमा

तेह्रथुम, साउन २८ । शिक्षा शास्त्र संकायमा स्नातक तहको कक्षा सञ्चालन गर्न त्रिभुवन विश्व विद्यालय समक्ष सम्बन्धन दिन माग गर्दै विद्यार्थीहरू शनिबार बिहानैबाट आन्दोलनमा उत्रिएपछि वसन्त बहुमुखी क्याम्पसमा पठनपाठन अवरुद्ध भएको छ ।  विद्यार्थीहरू क्याम्पस बन्द गराएरै आन्दोलनमा उत्रिएका थिए ।

धनकुटामा रहेको धनकुटा बहुमुखी क्याम्पसले आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गएर त्रिविलाई सम्बन्धन दिन अवरोध गरेको भन्दै विद्यार्थीहरू धनकुटा बहुमुखी क्याम्पस विरुद्ध शनिबारबाट क्याम्पसको पठनपाठन बन्द गराएर आन्दोलनमा उत्रिएका हुन् । व्यवस्थापन संकायका स्तानक तहमा अध्ययनरत विद्यार्थीको आन्दोलनमा वसन्त उच्च माविमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीले समेत ऐक्यबद्धता जनाएका छन् । विद्यार्थीको आन्दोलनका कारण दश जोड दुई र व्यवस्थापन संकाय तर्फको स्नातक तहको पठनपाठन ठप्प भएको थियो । त्रिवि डिनको कार्यालयले वसन्त बहुमुखी क्याम्पसलाई यसै शैक्षिक सत्रदेखि शिक्षा शास्त्र संकायमा स्नातक तहको कक्षा सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको थियो ।

तर, धनकुटा बहुमुखी क्याम्पसले वसन्त बहुमुखी क्याम्पसलाई सम्बन्धन दिंदा आफूहरूलाई असर पर्ने भन्दै त्रिवि समक्ष निवेदन दिएको थियो । धनकुटा बहुमुखी क्याम्पसले निर्णय सुधार गरेर सम्बन्धन दिलाउन सहयोग नगरे जिल्ला व्यापी शैक्षिक हड्तालमा उत्रिने आन्दोलनरत विद्यार्थीहरूले चेतावनी दिएका छन् । सम्बन्धन माग गर्दै गत चार दिनदेखि विद्यार्थी, शिक्षक, प्राध्यापक, अभिभावक, क्याम्पस सञ्चालक समिति, राजनीतिक दललगायतले संघर्ष समिति बनाएर आन्दोलन सुरु गरेका छन् ।

Published On 280 days ago
advertisement

Leave a comment

XHTML: You can use these html tags: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

advertisement advertisement advertisement advertisement advertisement advertisement advertisement advertisement advertisement