Published On: Mon, Aug 20th, 2012

बास्केटबल टोली ग्रीस जाँदै

 

काठमाडौं/ आगामी अगस्ट २३ देखि २६ सम्म हुने प्रथम थ्री वाइ थ्री पुरुष तथा महिला विश्व बास्केटबल च्याम्पियनसिपका लागि नेपाली टोली मंगलबार एथेन्सको राजधानी ग्रीस जाने भएको छ । समान ४-४ खेलाडी रहेको पुरुष र महिलासहित ९ सदस्यीय टोली त्यसतर्फ जाने भएका हुन् । 

विनोद महर्जनको कप्तानीमा जाने पुरुष खेलाडीहरूमा रविन खत्री, राजिव जोशी तथा सदीश प्रधान रहेका छन् । त्यस्तै सदिना श्रेष्ठको कप्तानीमा महिला खेलाडीहरू लुनिभा सिंह, स्नेहा श्रेष्ठ तथा समिचिन विष्ट त्यसतर्फ जाने भएका छन् । टोलीको नेतृत्व भने नेपाल बास्केटबल संघका सचिव होमबहादुर दोङले गर्नेभएका छन् । समूह 'बी' मा रहेका नेपाली पुरुष टोलीसँगै चेक गणतन्त्र, स्पेन, सर्विया, लेट्भिया तथा स्लोभेनिया पनि सोही समूहमा रहेका छन् । महिलाको समूहमा नेपालले हंगेरी, प|mान्स, स्लोभाकिया, चेक गणतन्त्र तथा आयोजक ग्रीससँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल बास्केटबल संघका अनुसार विश्व च्याम्पियनसिपमा सहभागिताका लागि कुल १ सय ४ राष्ट्रले आवेदन दिएका थिए । त्यसबाट पुरुष र महिलातर्फ समान २४-२४ राष्ट्र छानिएका हुन् । दक्षिण एसियाली क्षेत्रबाट नेपालबोहक श्रीलंका छनोट हुन सफल भएको छ । नेपालले पुरुष र महिला टिम इभेन्टका साथै समान २-२ पुरुष र महिला खेलाडी सम्मिलित मिक्स इभेन्टमा पनि भाग लिनेछ । मिक्समा विनोद, सदीश, सदिना र समिचिनले खेल्नेछन् । खेलाडीहरूलाई सोमबार  राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य- सचिव जीवनराम श्रेष्ठ, बास्केटबल संघका अध्यक्ष लामा टेन्डी शेर्पालगायतले राजधानीमा आयोजित एक कार्यक्रमबीच बिदाई गरेका थिए  ।

Published On 613 days ago
advertisement

Leave a comment

XHTML: You can use these html tags: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

advertisement advertisement advertisement advertisement advertisement advertisement advertisement advertisement advertisement