‘राम्रो मान्छे’ हेर्न पनि पाइने
काठमाडौं । गायक सरोज ओलीको आवाजले सजिएको गीत ‘राम्रो मान्छे रिसाउनुहुन्न’ लाई अब सुन्ने मात्र होइन हेर्न पनि पाइने भएको छ भिडियोमार्फत । दिनेश थपलियाको शब्द तथा दीपक शर्माको संगीत रहेको सो गीतको भिडियो सुदीप बरालले निर्देशन तथा छायांकन गरेका हुन् ।
‘पुण्य’ नामक गीतिसंग्रहमा संग्रहित यस गीतमा गायक स्वयं तथा मोडल निलु गुरुङलाई देख्न सकिनेछ । भदौ २ मा गीतको छायांकन सकाएको गायक ओलीले जनाएका छन् । ओलीले यसअघि रातो बत्तीमा रोकिने हरियोमा हिंड्ने, सफा राखौं लौ, कर छले आय लुकाए अपराधी भइन्छ, आँखैमा राखिदेऊ मेरी कान्छी लगायतका एक दर्जन सन्देशमूलक गीत गाइसकेका छन् । उनले थुप्रै म्युजिक भिडियोसमेत निर्देशन गरेका छन् ।























