Published On: Thu, Dec 29th, 2011

लगानी बोर्डमा १० सदस्य थप

काठमाडौं, पुस  १४ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विहिबार बसेको लगानी बोर्डको बैठकले बोर्डमा सदस्य थप गर्ने निर्णय गरेको छ । उद्योगी व्यवसायीका तर्फबाट नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष भवानी राणा, महासङ्घकै पूर्वअध्यक्ष कुशकुमार जोशी र उद्योगी कृष्ण आचार्यलाई बोर्डका सदस्यमा थप गरेको हो । बोर्डको स्थायी आमन्त्रित सदस्यमा अनिल शाह र चन्द्र ढकाललाई थप गरिएको छ ।

विकास निर्माणसँग जोडिएका प्रमुख मन्त्रालयमध्येबाट ऊर्जा, भौतिक योजना तथा निर्माण, सूचना तथा सञ्चार, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र प्रधानमन्त्री कार्यालयका अर्थ तथा पूर्वाधार महाशाखाका सचिवलाई पनि स्थायी आमन्त्रित सदस्यका रुपमा थप गरिएको छ । विहिबारको बैठकमा  लगानीयोग्य वातावरण बनाउनका लागि के गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको र अब बस्ने बैठकमा त्यसको अवधारणा पेस गर्ने सहमति भएको बोर्डका कार्यकारी अधिकृत राधेश पन्तले जनाएका छन् ।

सरकारले सन् २०१२ र १३ लाई लगानी वर्षका रुपमा घोषणा गरिसकेको सन्दर्भमा पन्तले नीतिगत रुपमा सुधार गर्नुपर्ने भए सुधार गरेर भए पनि लगानीयोग्य वातावरण बनाउनका लागि हामी गृहकार्य गरिरहेको जनाएका छन् ।

Published On 848 days ago
advertisement
Displaying 1 Comments
Have Your Say
  1. I love whenever you talk about this type of stuff inside your blog. Perhaps would you continue to do this particular?

Leave a comment

XHTML: You can use these html tags: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

advertisement advertisement advertisement advertisement advertisement advertisement advertisement advertisement advertisement