निकुञ्जमा सडक निर्माण विरुद्ध सङ्घर्षको घोषणा
चितवन, पुस २७ । चितवनका राजनीतिक दलले चितवन राष्ट्रिय निकुञ्जभित्रबाट सडक निर्माण गर्ने भौतिक योजना तथा निर्माण मन्त्रालयको निर्णय विरुद्ध सङ्घर्षका कार्यक्रम घोषणा गरेका छन् ।
चितवनका सात राजनीतिक दलले बुधबार बिहान पत्रकार सम्मेलन गरी पुस २८ गते चितवन र नवलपरासीका राजनीतिक दलसँग संयुक्त सर्वदलीय बैठक बस्ने, पुस २९ गतेदेखि माघ ४ गतेसम्म दलका प्रमुख तथा प्रमुख सचेतक, राज्य पुनःसंरचना आयोग र संविधानसभा राज्य पुनःसंरचना विशेष समितिमा ज्ञापनपत्र बुझाउने, माघ ४ गते काठमाडाँैको सुन्धारामा जुलुस प्रदर्शन गर्ने जानकारी दिएका छन् ।
निकुञ्जभित्रबाट सडक निर्माण गर्ने तथा चितवनको माडीलाई चितवनबाट अलग्याउने षड्यन्त्र हुन थालेको भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको एकीकृत नेकपा (माओवादी) चितवनका इन्चार्ज अनिल विरहीले जानकारी दिए । पत्रकार सम्मेलनमा माडीका चार गाविसलाई छुट्याएर भोजपुरा राज्यमा गाभ्ने षड्यन्त्र हुन लागेकाले यसको सशक्त प्रतिकार गर्ने एमाले चितवनका अध्यक्ष कृष्ण खनालले चेतावनी दिएका छन् । चितवनको माडीलाई सदरमुकाम भरतपुरसँगै एउटै प्रदेशमा राख्न उनले माग गरेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने तत्कालका लागि सडक नर्माणको योजना स्थगन गर्न आग्रह गरिसकेको छ । कार्यक्रममा माओवादी चितवनका इन्चार्ज विरही, काँग्रेस चितवनका सभापति विकास कोइराला, एमाले अध्यक्ष खनाल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष मोहनमणि ढकाल, राप्रपा अध्यक्ष रामहरि कँडेल, राप्रपा नेपाल अध्यक्ष बद्री तिमल्सिनानाद्वारा हस्ताक्षरित विज्ञप्तिसमेत जारी गरिएको थियो ।
























Hello there. I wanted to drop you a fast note in order to express my personal thanks. I have additionally been following your internet site for a month or so as well as have picked up a lot of enormous information in addition to facts as well as respected the way you’ve organised your own site. I am attempting to manage my personal site but I consider it is way extremely standard and as well I wish for to concentrate more on smaller topics. Being all things to all people is not all that its cracked up to be.
3qx2Bx wwirpaokaape, [url=http://yjznrggnzemg.com/]yjznrggnzemg[/url], [link=http://ycftcknnyaih.com/]ycftcknnyaih[/link], http://owrnljnsperc.com/